Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रिकेटर सन्दीप जेल जाने कि, सफाइ पाउने मुद्दाको आज सुनुवाइ हुँदै आज लाग्छ टुंगो ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २६ २०७९
  • 1.4K
    SHARES

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको आरोप मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आज बलात्कार आरोप लागेका सन्दिप लामिछाने विरुद्धको मुद्दाको पेसी तोकेको छ ।

मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना बढी रहेको छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

सन्दीप लामिछाने विरुद्ध गौशाला २६ नाम परिबर्तन गरिएकी एक किशोरीले गएको भदौ २१ मा आफुलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । त्यसको एक महिनापछि २०७९ असोज २० गते सन्दीप लामिछाने पक्राउ परेका थिए । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर तीन महिनाबढी थुनामा बसेपछि उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको थियो ।

दुवै पक्ष सर्वोच्चमा पुगेपनि सर्वोच्चले उच्च अदालत पाटनको आदेश संशोधन गर्दै सन्दीप लामिछाने माथि विदेश जान लागेको प्रतिबन्ध समेत हटाउन आदेश दिएको थियो । अब भने अन्तिम सुनुवाइ सुरु हुने भएको हो । अन्तिम सुनुवाइका क्रममा सन्दीपले सफाइ पाउने कि दोषी ठहर भएर जेल जाने भन्ने टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४