Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“तनहुँ-१ बाट संसद्‌मा पुग्ला को ? अंकगणित यस्तो छ”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २५ २०७९
  • 3.6K
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको तनहुँ-१ मा लामो समयपछि नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने भएको छ । जहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

यो क्षेत्रका लागि उनीहरू तीनै जना नयाँ अनुहार हुन् । यो क्षेत्र नेपाली कांग्रेसको बलियो पकड भएको क्षेत्र हो । यो क्षेत्रमा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ मा नेपाली कांग्रेसले बाजी मारेको थियो । अन्तर्घातका कारण २०७४ को निर्वाचनमा पराजित भएको थियो । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा नेता गोविन्दराज जोशीलाई व्यवस्थापन गर्न नसकेको आन्तरिक कमजोरीले मात्र २०७४ मा पराजय भोगेको थियो ।

नेपाली कांग्रेसले भर्खरै कारबाहीमा फुकुवा गरेको नेता तथा पुर्ब सहमहामन्त्री गोविन्दराज जोशी यहाँको प्रभावशाली नेताको रुपमा चिनिन्छन् । उनको प्रभाव अहिले पनि कायमै रहेको ठानिन्छ । उनी भट्टराईलाई साथ दिन सकारात्मक छन् र नेताहरुसँग छलफल गरिहरेका छन् । नेविसंघका पूर्वसभापति समेत रहेका उम्मेदवार भट्टराई झण्डै चार दशक लामो नेपाली कांग्रेस राजनीतिमा सक्रिय रहेका छन् । नेता गोविन्दराज जोशी र गठबन्धनको साथ पाएको उनलाई चुनाव जित्न सजिलो रहेको देखिएपनि मुख्य चुनौती नयाँ दल रास्वपा हुने आकलन गरिएको छ ।

भर्खरै केहि दिन पहिले मात्रै नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले भट्टराईलाई चुनौती दिएका हुन् । लामो समय अमेरिकामा बसोबास गरेका वाग्ले २०७४ र २०७९ को तीन वटै निर्वाचनमा निर्वाचन घोषणापत्रका मस्यौदाकार रहेका थिए । अर्थतन्त्रसम्बन्धी राम्रो ज्ञान हासिल गरेका उनी विश्वकै प्रसिद्ध अर्थशास्त्री हुन् । डा. स्वर्णिम वाग्लेको उपस्थिति नेपाली कांग्रेसका उम्मेदवार भट्टराई भारी पर्ने देखिन्छ ।

भट्टराई र वाग्ले दुवै जना परीक्षण नभएका तथा सम्भावना बोकेका नेता हुन् । तर नेपाली कांग्रेसभित्र वाग्लेको विद्रोह तथा रास्वपाप्रति जनताको बढ्दो आकर्षणका कारण नेपाली कांग्रेसको विरासत जोगाउन भट्टराईलाई चुनौती रहेको बताइन्छ ।

अर्का उम्मेदवार खनाल प्रहरी संगठन चलाएका अनुभवी व्यक्ति हुन् । नेकपा एमालेबाट उम्मेदवार बनेका खनाल यसअघिको निर्वाचनमा काठमाडौं ६ बाट पराजित उम्मेदवार बनेका थिए । उनी रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । गत निर्वाचनमा पराजित भए पनि उनी यस पटक चुनाव जितेर संसद्को यात्रा तय गर्न चाहन्छन् । यो भने त्यहाँका मतदाताले निर्धारण गर्नेछन् ।

कसको मत कति ?

यहाँ गत मंसिरमा सम्पन्न चुनावमा दलहरूले पाएको मतलाई विश्लेषण गरिएको छ । यद्यपि अहिले यही नै आँकडामा दल र उम्मेदवारले मत पाउँछन् भन्ने आधार भने छैन ।

मंसिरमा भएको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । त्यसैगरी स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पानो ६ हजार मत् कटाएका थिए ।

समानुपातिकतर्फ नेपाली कांग्रेसको २० हजार १५८,नेकपा एमालेको १६ हजार ६८३,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको १२ हजार ७७३ र नेकपा माओवादी केन्द्रको ७ हजार ३२६ मत रहेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ३ हजार ५७७, नेकपा एकीकृत समाजबादी ५५० रहेको छ ।

मतपरिणाम हेर्दा सत्तापक्षको जम्मा मत २८ हजार ३४ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको १२ हजार ७७३ र विपक्षी नेकपा एमाले १६ हजार ६८३ र राप्रपा ३ हजार ५७७ मत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४