Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“फुटको संघारमा नागरिक उन्मुक्ति पार्टी ? समाजवादी नागरिक उन्मुक्ति पार्टी दर्ता गर्ने तयारी”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २४ २०७९
  • 2K
    SHARES

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलमा चलिरहेको छ । आज शुक्रवार सकिने बैठकमा भने अरू छलफलभन्दा केन्द्रीय नेता सुरेन्द्र चौधरीले पार्टी परित्याग गरेको घोषणाले चर्चा पाएको छ । 

राजनीतिक समितिका संयोजक सुरेन्द्र चौधरीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,आजबाट नागरिक उन्मुक्ति पार्टीबाट औपचारिक रूपमा अलग भएको जानकारी गराउँदछु । नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियन्ताहरूसँग छलफलको लागि मेची महाकाली यात्रामा भेट हुने नै छ ।

उत्तरदायी, समावेशी, सहभागितामूलक लोकतन्त्रको लक्ष्य र ध्येयको लागि नयाँ शिराबाट राजनीतिक यात्राको लागि तयार रहन भन्दै सम्पूर्ण शुभचिन्तक अभियन्ता, नेताहरूमा उनले अपिल समेत गरेका छन् । राजनीतिक समितिका संयोजक चौधरीले एकाएक पार्टी छाड्ने टुङ्गोमा किन पुगे त ? पार्टी छाड्नु एक दिन पहिले बिहीबार सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित, उपाध्यक्षद्वयमा लक्ष्मणकिशोर जोगेठ्वा थारु तथा हिमाञ्चल भट्टराई नियुक्त भएकोमा बधाई दिएका छन् । यी तीनैजना कैलालीका हुन् । 

पार्टी कैलालीमै सीमित भयो भन्ने ठूलो गुनासो थियो सुरेन्द्रको । आफूले अन्य जिल्लाबाट विभिन्न दलका वरिष्ठ नेताहरूलाई नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गराएकोमा कुनै जिम्मेवारी नदिएको थप गुनासो थियो उनको ।

यसका साथै राजनीतिक समितिको संयोजक भएको नाताले अन्य दलसँग सहकार्य, समन्वयको जिम्मेवारी आफ्नो भएको उनको भनाई थियो । तर पार्टी संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीलाई समेत थाहै नदिई आफूलाई भूमिकाविहीन बनाएको प्रसंग उनले बेला बेलामा सामाजिक सञ्जाल फेसबुकमा उठाउँदै आएका थिए ।

नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी संघीय चुनावमा दाङ–१ बाट उम्मेदवार भई चौथो स्थान ल्याएका थिए । उता नागरिक उन्मुक्ति पार्टीबाट संघीय चुनावमा बर्दिया–३ बाट उम्मेदवार भई तेस्रो स्थान ल्याएका ठाकुरसिंह थारुले समेत पार्टी त्याग्दै गरेको बताइएको छ । स्रोतका अनुसार पार्टी छाड्ने समूहले समाजवादी नागरिक उन्मुक्ति पार्टी दर्ता गर्ने तयारी अघि बढाएको छ ।

संघीय चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–४ उम्मेदवारीको चाहना राखेको तर नपाएपछि पार्टी परित्याग गरेका राजाराम चौधरी भन्छन्, ‘योग्य र सक्षम व्यक्तिको कदर हुन नसक्नु नेपालको राजनीतिमा सामान्य जस्तै भैसकेको छ । उन्मुक्ति ओरालोको संकेत ।

उता नागरिक उन्मुक्ति पार्टीका एक केन्द्रीय पदाधिकारीले सुरेन्द्र चौधरी पार्टीमा कुनै जिम्मेवारीमा नरहेकाले उनले पार्टी त्याग्नुले कुनै अर्थ नराख्ने बताए ।

उता नयाँ राजनीतिक यात्राको लागि मेची महाकाली यात्रामा जाने तयारीमा रहेका सुरेन्द्र चौधरीले नयाँ संगठन बनाएमा नागरिक उन्मुक्ति पार्टीको संगठनलाई घाटा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४