Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बढ्यो मानव बेचबिखन तथा ओसारपसारका अपराध


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २४ २०७९
  • 3.7K
    SHARES

काठमाडाैं । अघिल्लो वर्षभन्दा मानव बेचबिखन तथा ओसारपसार वृद्धि भएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको हो । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै पीडित संख्या हेर्ने हो भने महिला ११८ र पुरुष ११ गरि १२९ रहेको छ । अभियुक्त भने पुरुष १२५ र महिला ७२ जना गरी १९७ छन । अपराधमा संलग्न ८२ जना पुरुष र ४४ जना महिला गरि १२६ जना पक्राउ परेका छन । जसमा ४३ पुरुष र२८ महिला फरार रहेका छन ।

त्यसैगरी चालू आर्थिक बर्ष २९७९/०८० मा मुद्दा दर्ता ९१ पीडित पुरुष ११ र महिला ११८ गरी १२९ जना पीडित रहेका छन् । अभियुक्तमध्ये १२५ पुरुष र ७२ जना महिला गरी १९७ जना रहेका छ्न भने त्यस मध्य ४३ पुरुष र २८ महिला गरी ७१ जना फरार छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार गत आर्थिक बर्ष भन्दा चालू आर्थिक बर्षमा मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको छ ।

ब्यूरोका प्रमुख श्रेष्ठ अनुसार यसरी बेचबिखनमा परेका युवा युवतीलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर बिदेश पु¥याएर बेचबिखन गरेर अलपत्र पार्ने गरेको बताउनु हुन्छ । यस्तो आपराधिक कृयाकलापबाट पीडित हुनेहरुमा अधिकांस किशोरकिशोरीदेखि ४० वर्ष उमेर समुहका छन् ।

वर्किङ्ग भिसामा खाडी मुलुक जान सरकार्ले रोक लगाएको भए पनि यस्ता गिरोहले अधिकास युवा युवतीलाई भिजिट भिसामा खाडी मुलुक पुर्याउने गरेको र यसरी गएर काम गर्दै आएका धेरै महिलालाई उद्दार गरी नेपाल फर्काएको ब्यूरोको दावी छ । ब्युरो टोलीले मात्र २०७६ सालदेखि हाल सम्ममा २३९ महिला, १९४ जना पुरुष, १२ जना बालिका र १७ जना बालक गरी ४८४ जनालाई उद्दार गरिसकेको जनाएकको छ । यस्तो जघन्य अपराध रोकथामको लागि मानव बेचबिखन तथा ओसापसर नियन्त्रण ब्युरोले समय समयमा स्थानीय जनसमुदायसँग मिलेर जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४