Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“प्रचण्ड नेतृत्वको सरकारको आयु लामो छैन : थापाको भनाइ “


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २४ २०७९
  • 1.6K
    SHARES

काठमाडौँ  । नेकपा (एमाले) का पोलिट व्यूरो सदस्य सुर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु लामो नभएको बताउनुभएको छ ।

प्रेस चौतारी अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रचण्ड नेतृत्वको सरकारको आयु भारत भ्रमण पछि समाप्त हुने बताउनुभएको हो ।

भारत भ्रमणको क्रममा त्यहाँ विभिन्न सम्झैता हुन्छ, त्यो जनभावना विपरित हुन्छ । त्यसको प्रभावले पनि सरकारको आयु दिर्घकालीन नहुने थापाले बताउनुभयो । उहाँले एमालेको भुँइ चढेर प्रधानमन्त्री बन्नुभएका प्रचण्डले एमालेलाई धोका दिएको आरोप लगाउनुभयो ।

धोकाको परिणामको हिसाव किताब जनताले छिटै देख्न पाउने बताउनु हुँदै उहाँले नेपाली कांग्रेसको पुच्छर बस्नेहरुको राजनिति भविष्य ठूलो पनि नभएको बताउनुभयो ।

फरक विषयमा बोल्दै एमालेको नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सँग एकता नहुने दाबी गर्नुभयो ।

नेकपा विभजानको मुख्य योजनाकार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पछिल्लो समय कम्युनिस्ट पार्टी एकता हुनु पर्ने भनाइ केवल उहाँको पाखडीपना भनाइ मात्र भएको थापाले बताउनुभयो ।

उहाँले अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाको मिसन ग्रासरूट कार्यक्रममा खटिनुभएका थापाले संगठन सुधारको लागि टोल टोलमा पनि कार्यक्रम गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४