Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“इन्टरभ्याली ह्विलचेयर बास्केटबलको उपाधी आर्मी र डब्लुडब्लुबिएलाई”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २४ २०७९
  • 1.8K
    SHARES

काठमाडौँ । इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधी पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिला तर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसन ९डब्लुडब्लुबिए० ले हात पारेका छन् । नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा भएको प्रतियोगिताको निकैनै रोमाञ्चक फाईनल खेलमा आर्मीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई ४४ – ३३ अंकले पराजित गर्दै उपाधी उचालेको हो ।

पहिलो क्वाटरमा ८–१० ले पछाडी परेको आर्मी खेलमा फर्कदै दोश्रो क्वाटरमा १० – ९, तेश्रो क्वाटरमा १४ – १० र चौथो क्वाटरमा १२ – ४ ले अग्रता कायम गर्दै जित आत्मसाथ गर्न सफल भएको हो । आर्मीको जितमा दान थिङ्गको २२ अंकको योगदान रह्यो । यस्तै आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित भए । तेश्रो स्थानमा बुद्धिसरा इन एक्सन रह्यो । राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसनले आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एसोशियसनलाई पराजित गर्दै उपाधी कब्जा गरेको हो ।

डब्लुडब्लुबिएले रजनी चामलिङ्ग राईको १३ अंकको योगदानमा फाईनलमा आयोजकलाई १९–२ अंकको अन्तरले पराजित गरेको हो । रनजी मोस्ट भ्यालुएबल खेलाडी पनि घोषित भईन् । तेश्रो स्थानमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल रह्यो । बिजयी शिर्ष तीन टिमले क्रमश नगद ४० हजार, ३० हजार र २५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । दुई दिन सम्म संचालन भएको प्रतियोगिताका विजयी टिमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बागमती प्रदेश साँसद लक्ष्मी घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।

बिजयी टिमलाई सम्वोधन गर्ने क्रममा प्रमुख अतिथी राखेपका सदस्य सचिव घिसिङले अपाङ्गता भएको ब्यक्तिहरुको यस्ता प्रतियोगिताले सपाङ्गलाई चुनौती दिएको भन्दै अस्तित्वमा रहेको दुई पारालम्पिक संघलाई एक बनाउँदै अफिसियल रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन परिषदले कदम चाल्ने बताए । प्रतियोगितामा पुरुष तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ९ल्क्ऋक्ष्क्ब्०, स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाल ९क्ऋक्ष्ल्ल्०, त्रिभुवन आर्मी क्लब ९त्ब्ऋ०, बुद्धिसरा इन एक्सन (द्यक्ष्ल्) र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब ९व्ध्क्ऋ० गरि ५ टिम तथा महिला तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन (ल्क्ऋक्ष्क्ब्) बुद्धिसरा इन एक्सन ९द्यक्ष्ल्०, ओमेन ह्विलचियर बास्केटबल एशोसियसन ९ध्ध्द्यब्० र ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल ९ध्क्ब्ल्० गरि ४ टिमले उपाधीका लागि प्रतिस्पर्धा गरेका थिए ।

झापा जिल्ला आमन्त्रण चेसमा विकासको एकल अग्रता झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगितामा मेची नगरका विकास मैनालीले एकल अग्रता कायम गरेका छन् । प्रतियोगिताको पाँच चरणको समाप्तीमा विकासको ४ दशमलव ५ अंक छ । उनलाई पछ्याइ रहेका प्रकाश नेपाल, राजन सुबेदी र विक्रम सिंघकको ४ अंक छ । यसैगरी,विक्रम राई, राज लीम्बीु रिसन थापा र उमेश राईको ३ दशमलव ५ अ।क छ । स्वीस लिगको आधारमा सात चरणमा सञ्चालन हुने प्रतियोगिता बिहिबार सम्पन्न हुने छ ।

तीन दिने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ । प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ९ हजार ५ सय रुपैया रहेको छ । प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् । प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४