Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेस्सीलाई आयो बम्पर अफर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २४ २०७९
  • 1.2K
    SHARES

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई बम्पर अफर आएको छ । मेस्सीलाई साउदी प्रो लिग क्लब अल हिलालले बम्पर पारिश्रमिक अफर गरेको हो ।

क्लबले उनलाई वार्षिक ३५० मिलियन पारिश्रमिक दिने औपचारिक अफर गरेको छ । आगामी जुन ३० सम्म फ्रेन्च क्लब पिएसजीसँग सम्झौतामा रहेका मेस्सीलाई अल हिलालले गरेको अफरले फुटबल क्षेत्रमा नयाँ तरंग ल्याएको छ । मेस्सीले पिएसजीमा आफ्नो सम्झौता नवीकरण गर्न आनाकानी गरिरहेको बेला अल हिलालले यो अफर गरेको हो ।

मेस्सीले पिएसजीमा आफ्नो सम्झौता नवीकरण नगर्ने दाबीहरु गरिएको छ । पिएसजीको फाइनान्सियल फेयरप्ले नियम उलंघनका कारण मेसीसहितका ठुलो पारिश्रमिक लिने खेलाडीको सम्झौता नवीकरणका लागि पारिश्रमिकमा ३० प्रतिशतसम्म कटौती गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

अर्को तर्फ मेसीलाई उनको पुरानो क्लब बार्सिलोनाले पनि भित्र्याउने पहल गरेको छ । अबको केहि सातामा मेस्सीले आफ्नो आगामी कदमका बारेमा निर्णय लिनसक्ने बताइएको छ ।

साउदी प्रो लिग अल नासरले केहि महिना अघि मात्र क्रिस्टियानो रोनाल्डोलाई वार्षिक २१० मिलियन डलर पारिश्रमिक दिने गरि भित्र्याएको थियो । अहिले रोनाल्डो विश्वमै सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४