Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्की कांग्रेसको प्रेस विज्ञप्तिमा नेबि संघ कास्कीको ध्यानाकर्षण ।”नेवि संघ कास्कीमा अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित भयो : अध्यक्ष थापा”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २३ २०७९
  • 5.7K
    SHARES

पोखरा, २३ चैत । नेपाली कांग्रेस कास्कीले बुधबार जारी गरेको प्रेस विज्ञप्ति प्रती नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती कास्कीले ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस कास्कीले हिजो एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघ, कास्कीको बारेमा सामाजिक संजालमा आएको समाचार प्रति नेपाली काँग्रेस, कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

नेपाल विद्यार्थी संघ कास्कीका सभापती ई.अन्जान थापाले आज उक्त विज्ञप्तिमा आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै जिवन्त संगठनको नेतृत्व टिके र यस म्यान भर्ती गरेर हुनै सक्दैन भन्दै कास्की कांग्रेसको बिज्ञप्ती घोर खेदजनक , भत्सर्ना गर्न लायक भएको , एकलौटी निर्णय र कार्य संसारमा पतन भएको हिट्लरी प्रथाको निरन्तरता भएको जनाएका छन ।

यस्तै ध्यानाकर्षण पत्रमा भनिएको छ ” विगत १७ वर्ष देखि टिके प्रथा मै चलेको कास्की नेवि संघ सधै यस्तै बन्दक गरेर तन्नेरी पुस्ता लाई सखाप बनाउने अधिकार कसैलाई छैन । तपाईले सिफारिस गरेकै भए उक्त वैधानिक निर्णय सार्वजनिक गर्न अनुरोध छ ।”

यस्तै नेपाली कांग्रेस कास्कीको विज्ञप्तिमा नसिब गुरूङ नेवि संघ कास्कीको आधिकारिक सभापति भएको सभापति किशोर दत्त बरालको हस्ताक्षरित विज्ञप्तिले जनाएको छ । तर सभापती बराललाई नेवि संघका अध्यक्ष ई.थापाले केन्द्रको पत्र अघि सिफारिस गरेको र सिफारिस पत्र कुन विधि विधान र आधारमा टेकेर गर्नु भयो के त्यो संस्थागत थियो ? भनेर प्रस्न गरेका छन ।

सभापती बरालले जिल्ला कार्यसमितिको अधिकारिक बैठक बिना नै नेबि संघको सभापतिका लागि गोप्य रुपमा अन्जन जङ्ग थापा, प्रताप बानियाँ, हेमन्त पाण्डे र नसिब गुरुङ्गको नाम सिफारिस गरेको भन्दै संघमा आबद्ध अन्य विद्यार्थी र नियम बिपरित भएको जनाइएको छ ।

अन्जान थापा, हेमन्त पाण्डे र प्रताप बानियाँले बृहत बिद्यार्थी भेला केन्द्र र जिल्लाका संगठनका विद्यार्थी नेतासङ्ग समन्वय गर्दै विद्यार्थीको नेता विद्यार्थी र विद्यार्थीको निर्णय विद्यार्थीले नै गर्नु पर्छ भन्दै तत्काल जिल्ला अधिवेशनको तयारी गरी निर्वाचन मार्फत नेतृत्व हस्तान्तरण गर्ने, कास्कीमा रोकिएको स्ववियु निर्वाचन गराउने वातावरण सृजना गर्न आफुहरु तयार रहेको बताएका छन ।

संघले कास्कीमा नयाँ शैक्षिक सत्रसंगै सुरु हुने विभिन्न शिक्षाको व्यापारीकरण रोक्न, शिक्षाको नैसर्गिक अधिकार लाई कार्यन्वयन गर्ने, कास्कीको विद्यार्थी आन्दोलनलाई मर्यादित रूपमा अघि बढाउन नेवि संघ कास्की प्रतिबद्ध रहेको र विद्यार्थीहरुको साथ सहयोग पाउनेमा विश्वस्त रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४