Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमलले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्र हारबाट जोगियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २३ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । विमल घर्ती मगरले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पासँग हार टार्दै १-१ को बराबरी खेलेको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा दुवै गोल खेलको अन्त्यतिर भएको थियो । सत्यम शर्मा ८६औं मिनेट पेनाल्टीमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए ।

तर हिमालयनले सम्भावित जितका लागि अग्रता जोगाउन सकेन । हार नजिक पुगिसकेको मछिन्द्रका लागि विमलले इन्जुरी टाइमको पाँचौ मिनेटमा ओभरहेड कि गोल गर्दै खेल बराबरी गरे ।

भुटानी कप्तान चेन्चो ग्याल्सेनले यसै खेलबाट मछिन्द्रका लागि खेल्दै ए डिभिजन लिगमा डेब्यु गरे । जारी लिगमा मछिन्द्रको यो तेस्रो बराबरी हो । ६ खेल खेल्दा १ जित र ३ बराबरीबाट ६ अंक जोडेको मछिन्द्र अंकतालिकामा ११औं स्थानमै छ ।

समान खेलबाट ६ अंक नै रहेको हिमालयन गोलअन्तरमा अघि रहँदै १०औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४