Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाबुको ठेगान नभएका बच्चालाई मामलीको थरमा जन्मदर्ता गर्न सर्कुलर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २२ २०७९
  • 4.1K
    SHARES

काठमाडौँ। बाबुको ठेगान नभएका र एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता गर्न गृह मन्त्रालयले देशभरका स्थानीय तहमा सर्कुलर दिएर जानकारी गरेको छ।

राष्ट्रिय परिचयपत्र विभाग तथा पञ्जीकरण विभागले अबदेखि त्यस्ता बच्चाको जन्मदर्ता गर्ने विषयमा दोहोरो दर्ता नहुने गरी दर्ता गर्न सर्कुलर जारी गरेको हो।

अबदेखि त्यस्ता बच्चाको जन्मदर्ता मामलीको थरमा हुने भएको छ। विवाह अघि जन्म भएको तर पिताको ठेगान नभएका बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन भनिएको छ।

विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएका बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावली मै बसेको भए मावली कै थर र ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिन भनिएको छ।

तर पछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा पहिलेको जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिने गरि जानकारी जारी भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४