काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरेपछि पक्राउ पुर्जी जारी भएकाे अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिनुभएको छ ।
न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमतीले वैवाहिक करणीको उजुरी कपिलवस्तु प्रहरीमा दिएकी थिइन्। न्यायाधीश गिरीको न्याय परिषदमा सरुवा भइसकेको बताइएकाे छ ।