काठमाडौँ । नेपाली क्रिकेट टिमका पुर्ब कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा “सन्दीप लामिछानेविरूद्धकाे मुद्दामाथि सुनुवाइ हुने गरी पेशी ताेकिएको हो ।
यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्ला अदालतको आदेशलाई उल्टाउँदै “सन्दीप लामिछाने”लाई २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
चैत १३ मा “सन्दीप लामिछाने”विरूद्धकाे मुद्दाकाे सुनुवाइका लागि पेशी तोकिएकोमा सन्दीप पक्षका वकिलले निवेदन दिएर स्थगित गर्न माग गरेपछि स्थगित गरिएको थियो ।
“सन्दीप लामिछाने”लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकै न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा उक्त मुद्दाको पेशी ताेकिएपछि “सन्दीप लामिछाने”का वकिलले उक्त मुद्दाकाे इजलास सार्न माग गर्दै निवेदन दिएका थिए ।