काठमाडौँ । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको परिणाम घोषणा भएको १ वर्षपछि पोखरा १८ को पुनः मतगणना गर्न उच्च अदालतले आदेश दिएको छ । मत गणनामा गडबडी गरिएको आरोपसहित पुनः मतगणनाको माग गर्दै वडाध्यक्षका उमेदवार पुष्कल थापाले निवेदन दिएका थिए ।
कायम मुकायम मुख्यन्यायाधीश डिल्लिराज आचार्य र न्यायाधीश रिसिराज आचार्यको संयक्त इजलासले पुन मतगणनाको आदेश दिएको हो । यो वडामा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतअन्तरले विजयी भएका थिए ।
तिमिल्सिनाले १ हजार ६ सय ४३ मत पाउदा थापाले १ हजार ६ सय ४० मत पाएका थिए ।