Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कहाँ कसले मार्ला बाजी ? यस्तो छ अंकगणित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २१ २०७९
  • 3.2K
    SHARES

काठमाडौँ । आगामी वैशाख १० गते चितवन, तनहुँ र बाराका तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार विभिन्न दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगका अनुसार बारा-२ मा जसपा,नेकपा एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी ३६ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका मुख्य दलको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह, रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादव लगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।

चितवन-२ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ । १२ जनाले दलबाट र १२ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । चर्चित क्षेत्र मानिएको यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार बन्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट रामप्रसाद न्यौपानेको उम्मेदवारी परेको छ ।

तनहुँ-१ मा नौ जनाको उम्मेदवारी परेको छ । नौ दलबाट नौ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । गठबन्धनको समर्थनमा तनहुँमा नेपाली कांग्रेसका गोविन्द पोखरेलले उम्मेदवारी दर्ता गर्दा नेकपा एमालेका सर्वेन्द्र खनाल, रास्वपाका अर्थविद डा. स्वर्णिम वाग्ले, राप्रपाका शोभा गुरुङले उम्मेदवारी दिएका हुन् ।

कसको मत कति ?

यहाँ गत मंसिरमा सम्पन्न चुनावमा दलहरूले पाएको मतलाई विश्लेषण गरिएको छ । यद्यपि अहिले यही नै आँकडामा दल र उम्मेदवारले मत पाउँछन् भन्ने आधार भने छैन ।

बारा-२ : गएको निर्वाचनमा यहाँ प्रत्यक्षतर्फ जपपाका रामसहाय १३ हजार ८२२ मत ल्याएर विजयी भए । उनको प्रतिस्पर्धी कुशवाहले १३ हजार ४६८ मत पाएका थिए  । स्वतन्त्र उम्मेदवार त्रय रामकिशोरप्रसाद यादव, रवीन्द्रप्रसाद यादव, अरुणकुमार ज्ञवालीले क्रमशः ११ हजार ४३, १० हजार ७५० र ७ हजार ६९८ मत पाएका छन् । जनमत पार्टीले २ हजार ७२५ मत पाएको छ । समानुपातिकतर्फ जसपा १३ हजार २४२,नेपाली कांग्रेस ११ हजार १७९,नेकपा एमाले ९ हजार १९३, जपा ८ हजार ८४६, लोसपा ४ हजार २३५, नाउपा ३ हजार ७९४,नेकपा माओवादी ३ हजार २६५, नेपाल संघीय समाजवादी २ हजार ३६६, नेकपा एस १ हजार ४५५, रास्वपा १ हजार ४५५ र राप्रपा ९९२

अंकगणित हेर्दा सत्तापक्षको जम्मा मत ३३ हजार ३७६ मत रहेको छ । त्यस्तै नेकपा एमालेको ९ हजार १९३, जपाको ८ हजार ८४६, नउपाको ३ हजार ७९४ र अन्यको ३ हजार ३५८ मत पाएका छन् । चितवन-२ : मंसिरमा भएको निर्वाचन परिणाम हेर्दा रास्वपा अत्यधिक मतले अगाडि रहेको छ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रविले ४९ हजार ३०० मत पाएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए  । नेकपा एमालेका पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।

समानुपातिकतर्फ रास्वपाको ३५ हजार ९४५,नेकपा एमालेको १६ हजार ७८४,नेपाली कांग्रेसको १२ हजार १३२,नेकपा माओवादीको ८ हजार ४०७ र राप्रपाको ३ हजार २१८ मत रहेको छ । नेकपा एकीकृत समाजबादीको ६१६, मंगोल नेसनल अर्गनाइजेसनको ४५६, सुशासन पार्टीको ३३०, मालेको २२०, जपाको १५५, हानेपाको १२६, नाउपाको १२४ र जनमोर्चाको १२२ रहेको छ । यसरी तथ्याङक हेर्दा सत्तापक्षले जम्मा २१ हजार ५५६, रास्वपा एक्लैले ३५ हजार ९४५ मत पाएको छ । त्यस्तै नेकपा एमाले १६ हजार ७८४, राप्रपाले ३ हजार २१८ र अन्यले १ हजार १३२ मत पाएको छ ।

तनहुँ-१ : मंसिरमा भएको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका उम्मेदवार पौडेलले २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए ।

समानुपातिकतर्फ नेपाली कांग्रेसको २० हजार १५८,नेकपा एमालेको १६ हजार ६८३, रास्वपाको १२ हजार ७७३ र नेकपा माओवादीको ७ हजार ३२६ मत रहेको छ । यसैगरी राप्रपा ३ हजार ५७७, एस ५५० रहेको छ । मतपरिणाम हेर्दा सत्तापक्षको जम्मा मत २८ हजार ३४ रहेको छ । रास्वापाको १२ हजार ७७३ र विपक्षी नेकपा एमाले १६ हजार ६८३ र राप्रपा ३ हजार ५७७ मत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४