काठमाडौँ । सरकार पुनर्गठनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीले चैत १७ गते नेपाली कांग्रेसबाट ४,नेकपा एकीकृत समाजवादीबाट २,नेकपा माओवादी केन्द्र, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १/१ जना मन्त्री थपेका थिए । अहिले पनि कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् ।
बढीमा २५ मन्त्रिमण्डल बनाउन पाउने संवैधानिक व्यवस्था अनुसार दुई राज्यमन्त्री पद पनि खाली छन् ।