Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३ ठाउँमा सोमबार उपचुनावका लागि उम्मेदवारी दर्ता हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १९ २०७९
  • 2K
    SHARES

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि ३ स्थानमा सोमबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार १० वैशाखमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुने भएको हो ।

तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरिने कार्यक्रम रहेको छ ।

दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्ने छ ।

यसका लागि आयोगले शनिबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

४ मंसिरको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित सांसद रामचन्ँद्र पौडेल राष्ट्रपति बेनको, बारा २ का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेको र चितवन २ का सांसद रविको नागरिकता विवाद मुद्दामा सांसद पद खारेज भएपछि अहिले यी क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४