Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद डाँगीको प्रश्न : म बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १९ २०७९
  • 1.7K
    SHARES

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद निशा डाँगीले संसद भवनमा प्रयोग भएका कुर्सीलगायतका पूर्वाधार नेपालमै बनेको हो कि अन्य देशबाट आयात भएको हो त्यसबारे सरकारसँग जानकारी माग गरेकी छन् ।

आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् । ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? किन नेपालमा नै बनेको हो ? उनले भनेकी छन्, कुर्सीमा लागि जुन झगडा हुने गरेको छ । सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ?

सांसद डाँगीले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने बताएकी छन्।

‘सिंहदरवार, वालुवाटार, शितलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं । यहाँ प्रयोग हुने केर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। उनले भनिन् ।

आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ त्यसबारे पनि सदनलाई जानकारी गराउन उनको माग छ । आर्थिक वर्ष २०७८/०७९ मा ८८ हजार केजी टुथ पिक र करिब करिब २६ लाख बराबरको ट्वाइलेट पेपर भित्रिएको तथ्यांक प्रस्तुत गर्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

टुथपिक र ट्वाइलेट पेपरमा करिब ४१ करोड बराबर बाहिरिएको छ । यी उदाहरण हुन’ उनले भनेकी छन्,टुथपेस्टदेखि स्याम्पुसम्म, मोबाइलदेखि कारसम्म हुँदा हुँदा चामलसम्म आयात । आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ?

आन्तरिक उत्पादन बढाउने नीति अंकमा देखिने गरी किन लागू नभएको हो समीक्षा गरी सुधार हुने गरी नीति बनाउने गरी छलफल चलाउन सरकारको ध्यानाकर्षण गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४