Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“पत्नी सरकारमा पति कारागारमा”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा अरु मन्त्रीहरुसँगै रञ्जिताले पनि सपथ लिइन् । लगत्तै उनी डिल्लीबजार कारागार पुगिन, जहाँ पार्टीका संरक्षक समेत रहेका श्रीमान रेशम चौधरी छन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरी लामो समयदेखि डिल्लीबजार कारागारमा छन्।

राज्यको उच्च पदमा पुग्नेहरु शपथग्रहणपछि कोही सहिदका मूर्तिमा माला लगाउन पुग्छन्, कोही मन्दिर, मस्जिद इत्यादिमा आस्था जताउन पुग्छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ भने मन्त्री बन्नेबित्तिकै कैदी पति रेशम चौधरी भेट्न जेलमा पुगिन् ।

रन्जिता आज शुक्रबार बिस्तारित मन्त्रिपरिषद्मा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त भएकी छन् । चार सांसद भएको नाउपाले सत्ता गठबन्धनको भागवण्डामा एक मन्त्रालय पाएको थियो, जसमा रञ्जिता आफैं गइन् ।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा अरु मन्त्रीहरुसँगै रञ्जिताले पनि सपथ लिइन् । लगत्तै उनी डिल्लीबजार कारागार पुगिन, जहाँ पार्टीका संरक्षक समेत रहेका श्रीमान रेशम चौधरी छन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरी लामो समयदेखि डिल्लीबजार कारागारमा छन्।

फरार भएको अवस्थामा ०७४ मा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेका चौधरीले पुर्पक्षका लागि थुनामै रहेको अवस्थामा सपथ लिएका थिए । तर जिल्ला अदालत, कैलालीले सुनाएको जन्मकैदको सजायलाई उच्च अदालतले सदर गरेपछि उनले संसदमा जानै पाएनन् । पुष २०७८ मा श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा नयाँ पार्टी खोले, नागरिक उन्मुक्ति पार्टी ।

रेशम चौधरी लगायतका कैदीबन्दीको रिहाइ लगायतको एजेण्डा लिएर खुलेको नाउपाले वैशाखको स्थानीय चुनावमा कैलालीका केही पालिका जित्यो भने ४ मंसिरको प्रतिनिधिसभा चुनावमा चार सिट कैलालीका १, २ र ३ तथा बर्दिया २ मा स्वतन्त्र उम्मेदवारका रुपमा जितेका लालवीर चौधरी जित्यो ।

नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को दुबै गठबन्धनको प्रष्ट बहुमत नभएको संसदमा चार सांसद भएको नाउपाले पनि राम्रै स्पेश पायो ।

१० पुषमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा समर्थन गर्‍यो, सरकारमा गएन । राष्ट्रपति चुनावसँगै नेकपा  एमालेसहितको गठबन्धन भत्कियो र नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बनेपछि भने नाउपा सरकारमै गयो ।

नाउपा सांसद गंगाराम चौधरी भन्छन्, सदनमा बोलेर मात्र हाम्रो मागमुद्दा सम्बोधन हुने देखिएन । कतिपय निर्णयहरु क्याबिनेटबाट हुने भएकाले त्यहाँ हाम्रो पहुँच होस् भनेर सरकारमा जाने निर्णय गरेका हौं ।

१० दलको गठबन्धनमा भएको भागवण्डामा एक मन्त्रालय पाएको नाउपाले भौतिक पूर्वाधार,शहरी विकास वा भूमि व्यवस्थामध्ये एकमा दाबी गरेको थियो । दाबी गरेकै मन्त्रालय भूमि व्यवस्था पाएपछि सक्रिय राजनीतिमा आएको छोटो समयमै रञ्जिता मन्त्री भइन् । ‘सिनियर र महिला पनि भएकाले हामीले उहाँलाई नै मन्त्री बनाउने निर्णय गरेका हौं’, सांसद चौधरी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४