काठमाडौँ । सत्ता साझेदार दलमा अझै ५ मन्त्रालयको भागबण्डा हुन बाँकी रहेको छ ।
शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै गर्दा पाँच मन्त्रालयको विषयमा अझै सहमति हुन नसकेको हो ।
जसमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।
यी मन्त्रालयमध्ये ४ वटा नेपाली कांग्रेस र एउटा जनता समाजबादी पार्टी जसपाको भागमा रहेको छ।
अन्य मन्त्रालयमा भने भागबण्डा टुंगिएको बालुवाटार स्रोतले जनाएको छ ।