Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता  डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छन ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । डा.शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।

शुक्रबार बिहान बसेको डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।

‘यो हामीले सभापतिलाई पनि भनेका छौं, प्रधानमन्त्री प्रचण्डलाई खबर गरेका छौं’, सहमहामन्त्री जीवन परियारले भनेका छन्  ।

सम्मानजनक सहभागिता नभए आफ्नो समूह सरकारमा नजाने चेतावनी दिएका हुन् ।

 

शुक्रबार बिहान डा.शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारसँग छलफल गरेका थिए । छलफलपछि डा.शेखरले देउवालाई सन्देश पठाएका हुन् ।

नेपाली कांग्रेसबाट मन्त्री बन्ने ८ नाममध्ये उपसभापति धनराज गुरुङ डिगबहादुर लिम्बू कोइराला समूहका छन् । तर शेखर समूहले तीन मन्त्रालय नपाए नाम नदिने चेतावनी दिँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४