Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४ लाख ८५ हजारले एसईई दिंदै, छात्र र छात्रा हाराहारीमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 3.3K
    SHARES

काठमाडौं। शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने छात्रा र छात्र विद्यार्थीको संख्या बराबर जस्तै देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को तथ्यांक अनुसार ३८ जनाले मात्रै छात्राको संख्या बढी देखिएको छ ।

कार्यालयको अनुसार ४ लाख ८५ हजार ३९६ जम्मा विद्यार्थी मध्ये छात्राको संख्या २ लाख ४२ हजार ७१२ र छात्रको संख्या २ लाख ४२ हजार ६७४ रहेको छ ।

शुक्रबार २ हजार ३७ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । कार्यालयका अनुसार कुल परीक्षार्थीमध्ये प्राविधिक धारसमेत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना सहभागी हुनेछन् ।

परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी जम्मा ७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रहरुमा खटिनेछन् ।

परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ वटै जिल्ला परीक्षा समन्वय समितिहरुबाट परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

साथै प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षासँग सम्बन्धित सामग्रीहरु नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्‍याउने तयारी भइसकेको जनाएका छन् ।

नियन्त्रक श्रेष्ठले सबै परीक्षार्थीलाई विना डरत्रास उच्च मनोबल र निर्भयका साथ परीक्षामा सहभागी हुन अपील गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४