Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४ नेतालाई स्वर्णिमको सन्देश : देउवा आरजु गिरोहको हेपाईले कांग्रेसमा रहिनँ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू अब नेपाली कांग्रेसमा नरहेको सन्देश पठाएका छन् ।

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । यही सन्दर्भमा वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरु डा. शेखर कोइराला र डा. गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू नेपाली कांग्रेसमा नरहेको बताएका छन् ।

शेरबहादुर–आरजु कांग्रेसमा रहिन’ भन्दै उनले भविष्यमा यी ४ नेता नेतृत्वमा पुगेमा पुनः सहकार्य हुने सन्देश पठाएको एक नेताले जानकारी दिएका छन् ।

स्वर्णिमको एसएमएस आएपछि महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेका छन् । तर स्वर्णिमसँग सम्पर्क हुन सकेको छैन ।

स्रोतका अनुसार स्वर्णिम रास्वपाबाट उपचुनावमा उम्मेदवार बन्ने मनस्थितिमा पुगिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरको चुनावमै स्वर्णिमलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको थियो ।

तर त्यतिबेला नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका स्वर्णिमले अस्वीकार गरेका थिए । स्वर्णिम नेपाली कांग्रेसबाटै उम्मेदवारको आकांक्षी भए पनि उनले टिकट पाएका थिएनन् ।

वाग्लेले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पत्र लेख्दै आफू अब नेपाली कांग्रेसमा बस्न नसक्ने जनाएका हुन् । उनले डा. कोइरालालगायत नेताको अपार सद्भाव आफूप्रति रहे पनि सभापति शेरबहादुर देउवा र आरजु राणा गिरोहको निरन्तर हेपाई र अपमानका कारण आफू नेपाली कांग्रेसमा रहन सक्ने अवश्था नरहेको बताएका छन् ।

उनले आफ्नो उमेर छँदै ‘डेलिभरी’ दिनुपर्छ भन्ने लागेर नेपाली कांग्रेसमा रहन नसक्ने निर्णयमा पुगेको समेत पत्रमा उल्लेख गरेका छन् । नेपाली कांग्रेसमा डा. शेखर समूहको शक्ति निर्णायक बनेपछि आफू कुनै न कुनै रुपमा नेपाली कांग्रेसमा जोडिने प्रतिबद्धता पनि उनले गरेका छन् ।

यस्ताे छ वाग्लेले काेइरालालाई लेखेकाे पत्र 

प्रिय शेखर दाई,

हजुरहरुको अपार सद्भावका बावजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाई र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ । काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४