Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 4.2K
    SHARES

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेस नेता सुनिल कुमार थापा नियुक्त भएका छन् । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा.सुरेश चालिसेले पूर्व मन्त्री थापा राजनीतिक सल्लाहकार नियुक्त भएको बताएका छन् ।

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री थापा अहिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

गत निर्वाचनमा धनकुटामा नेकपा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका सुनिलकुमार थापा मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रपतिको सल्लाहकार नियुक्त भएको बुझिएको छ ।

राष्ट्रपति पौडेलले बिहीबार मात्र आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए । नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् ।

यसअघि राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा चालिसे र सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका थिए । यस्तै राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की स्वकीय सचिवालयमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४