Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसले टुंग्यायाे उपनिर्वाचनका २ उम्मेदवार”मन्त्री छान्ने जिम्मा सभापतिलाई”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 1.6K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले १० वैशाखमा ३ वटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि २ जना उम्मेदवारकाे नाम टुंगाे लगाएकाे छ । बिहीबार बसेकाे बैठकले उम्मेदवारहरूकाे टुंगाे लगाएकाे हाे ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले तीन वटा उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको बताए ।

चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ । आगामी वैशाख १० गते देशका ३ वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने क्षेत्र मध्ये बारा–२ मा भने १९ चैतमा बस्ने बैठकले टुंगाे गर्ने प्रवक्ता महतले जानकारी दिए ।

सत्ता गठबन्धनमा रहेका जसपाका अध्यक्ष उपेन्द्र महताेलाइ नै कांग्रेसले पनि समर्थन गर्ने सम्भावना समेत देखिएकाे छ । त्यसाे हुँदा कांग्रेसले उक्त क्षेत्रमा उम्मेदवार छानिसकेकाे छैन ।

कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४