Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्रीमाथि दबाब


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १५ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब बढेको छ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका हुन् ।

उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीले प्रधानमन्त्री दाहालसँग छुट्टाछुट्टै भेट गरी तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएका छन् ।

प्रधानमन्त्री भएको तीन महिना भयो । प्रधानमन्त्रीज्यू एक्लैले १६ मन्त्रालय लिएको पनि एक महिना भयो’ प्रधानमन्त्रीसँग मन्त्रीहरूले राखेको गुनासो सुनाउँदै प्रधानमन्त्रीका कार्यालयका एक सचिवालय सदस्यले भने,‘मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै आलोचना भइराखेको छ । सरकारका काम कारबाही प्रभावकारी हुन सकेका छैनन् । अब मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला गर्नुहुन्न भन्ने छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने सवालमा भाका फेरेको भन्दै आलोचना हुन थालेपछि माओवादी मन्त्रीहरूले त्यसतर्फ सचेत पनि गराएका छन् ।

प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भन्नेमा निक्कै दबाबमा हुनुहुन्छ । रिक्त मन्त्रालयभन्दा बढी मन्त्री बनाउनुपर्छ भन्ने प्रेसर पनि छ’ उनले भने, ‘त्यसैले, शीर्ष नेता नेताहरूसँग लगालग भेटिरहनुभएको छ । भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता दिनुपर्छ भन्ने छ ।’ सत्ता साझेदार दलका नेताहरूले रिक्त मन्त्रालयभन्दा बढी दाबी गरेपछि समस्या आएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४