Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१० दलीय सत्ता गठबन्धनको बैठकमा जुटेन सहमति” फेरि दिउँसो ३ बजे बैठक बस्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १५ २०७९
  • 1.2K
    SHARES

काठमाडौँ । आज बिहान बसेको सत्ता साझेदार १० दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मन्त्रालय भागबन्डाका विषयमा छलफल भएको थियो । तर सहमति जुट्न सकेन । आजको बैठकमा पनि मन्त्रीपरिषद् विस्तार हुने सम्भावना कम रहेको बैठकमा सहभागी एक नेताले बताएका छन्  ।

आजको बैठकका मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको ९ पेज लामो न्यूनतम साझा कार्यक्रमको विषयमा पनि छलफल भएको थियो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका अनुसार खाना र खाजाको ब्रेक पछि पुन दिउसो ३ बजे बैठक बस्ने गरि अहिलेलाई बैठक टुंगेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने,पार्टीहरूमा छलफल हुन्छ । मन्त्रालयको भागबन्डा लगभग लगभग मिलेको र अन्तिम चरणमा पुगेको छ । केही कुराहरू मिलेका छैनन् । त्यो बिषयमा मिलाउन हाम्रो छलफल निरन्तर चलिरहेको छ ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफल भएको थियो । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४