Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेकालाई रिहा गर्न विश्वप्रकाश शर्माको माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १४ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”विरुद्ध नाराबाजी गरेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् ।

ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले प्रहरी नियन्त्रणमा रहेका युवाहरुलाई रिहा गर्न माग गरेका हुन् ।

लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो । आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’, शर्माले लेखेका छन् ।

यही चैत ७ गते ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सम्बन्धी सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्काले नाराबाजी गरेका थिए । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनिदिएको फोटो र भिडियो सार्वजनिक भएपछि सरकारले बोल्न प्रतिबन्ध लगाएको भन्दै आलोचना भएको छ ।

उनीहरुलाई अभद्र व्यवहार मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा ५ हजार धरौटी तोकेका थिए । तर धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४