Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृह र सञ्चार मन्त्रालय आफैसँग राख्ने प्रचण्डको आश्वासन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १३ २०७९
  • 2.5K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैसँग रहने आश्वासन दिएका छन् । गृह र सञ्चार मन्त्रालय कांग्रेसले दाबी गरेको चर्चा चल्न थालेपछि नेकपा माओवादी केन्द्रका नेताहरूले नदिन दबाब दिएका हुन् । 

अर्थ र गृह मध्ये प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”ले गृह आफूसँग राखेर अर्थ नेपाली कांग्रेसलाई दिने तयारी गरेको नेकपा माओवादी केन्द्रका एक मन्त्रीले बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन बिरामी भई चीनमा उपचारत भएकाले प्रधानमन्त्री प्रचण्डले अर्थ चलाउन नेपाली कांग्रेसलाई दिन लागेका हुन् ।

अर्थ नेपाली कांग्रेसले लिएपछि नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय लिने भएको छ । अहिले भएका मन्त्रीमा थप नभएमा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ नै गृहमन्त्री हुने सम्भावना देखिएको छ । यदि नेकपा माओवादी केन्द्रको भागमा एक मन्त्रालय थप भएमा शक्तिबहादुर बस्नेत, महेन्द्रबहादुर शाही र पूर्णबहादुर घर्तीमध्येबाट एक जना जाने तयारीमा रहेका छन ।

यस्तै सञ्चार मन्त्री समेत नेकपा माओवादी केन्द्रकै भागमा परेको छ । प्रधानमन्त्री र सञ्चार मन्त्री एउटै पार्टीको हुने भएकाले सो मन्त्रालय फरक पार्टीको भागमा नपर्ने भएको हो । सञ्चार मन्त्री सरकारको प्रवक्ता समेत हुने भएकाले नेकपा माओवादी केन्द्र कै रेखा शर्मा मन्त्री हुने भएकी छन् । यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्रालय फेरिदिन आग्रह गरेका छन् ।

उनले आफ्नो रुचि भएको भौतिक वा सहरी विकास मन्त्रालयमा पठाउन प्रचण्डसमक्ष आग्रह गरेको बताइएको छ । अरु माओवादीका मन्त्री भने यथावत् रहने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४