Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले पूर्णता पाउन अझै समय लाग्ने संकेत कांग्रेसको कार्य सम्पादन समितिको बैठक भाेलि बस्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १३ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । सरकारका महत्वपूर्ण मन्त्रालयहरु महिनौंदेखि खाली रहेको भए पनि सरकारले पूर्णता पाउन अझै केहि दिन  लाग्ने देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आज या साेमबार नै सरकारले पूर्णता पाउने बताउनुभएकाे थियाे । तर सत्ता गठबन्धनको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले भने मंगलबार बल्ल केन्द्रीय कार्य सम्पादन समितिको बैठक बाेलाएकाे छ । मंगलबार बिहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी बाेलाइएको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरेको भए पनि कसको नेतृत्वमा को-को सरकारमा सहभागी हुने भन्ने टुंगो लागेको छैन । नेपाली कांग्रेसले कुन-कुन मन्त्रालय पाउने भन्ने बारेमा पनि अझै टुंगो लागिसकेको छैन । नेपाली कांग्रेसले अर्थ, गृह, परराष्ट्र र रक्षालगायतका मन्त्रालयहरुमा दावी गरे पनि प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफ्नै पार्टीमा राख्न खोज्दा सहमति हुन नसकेको हाे ।

कार्य सम्पादन समितिको बैठकमा आगामी वैशाख १० गते तनहुँ-१, बारा-२ र चितवन-२ मा हुने उपनिर्वाचनका उम्मेदवार चयन गर्ने बारेमा पनि छलफल हुने बुझिएको छ । निर्वाचन आयोगले यहि चैत २० गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४