Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डडेल्धुरामा असिनाले हिउँदे बाली नष्ट, कृषक चिन्तित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १३ २०७९
  • 1.8K
    SHARES

काठमाडौं। डडेल्धुरामा आइतबार परेको असिना पानीले हिउँदे बालीमा ठूलो क्षति पुर्याएकाे छ ।

केही दिनदेखि परिवर्तन भइरहेको मौसममा आइतबार दिउँसाे परेको भीषण असिना पानीले जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ र ९ का गाउँमा लगाइएको हिउँदे बाली सबै सखाप पारेको हो ।कृषकहरुले लगाएको हिउँदे बाली गहुँ, तरकारी र फलफूल खेती नष्ट हुने गरी असिना परेपछि गाउँ नै सेताम्य भएको छ ।

बजार क्षेत्रमा कम असिना पानी परे पनि ग्रामीण क्षेत्रमा भने असिनापानीसँगै लगातारको झरीले कृषकहरुलाई पाक्नै लागेको बालीमा बज्रपात भएको स्थानीय कृषक लोकबहादुर पालले जानकारी दिनुभयाे। फसल भित्र्याने समयमा आएको प्राकृतिक प्रकोपले कृषकहरुलाई अपुरणिय क्षति मात्र भएको छैन नगदे बाली सखाप भएपछि कृषक चिन्तित भएका छन्।

डडेल्धुरा मात्र नभई आइतबारको असिना पानीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा धेरै जसो स्थानमा ठूलो क्षति भएपनि विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४