Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीप जेल जाने कि, सफाइ पाउने भोलि नै टुंगो लाग्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १२ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणीको आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि भोलि सोमबारलाई पेशी तोकेको छ। सर्वोच्च अदालतले नै यो मुद्दा छिटो टुंग्याउन जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको थियो।

तर सोमबारका लागि पेशी तोकिए पनि भोलि नै सुनुवाइ हुन्छ भन्ने निश्चित छैन। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने यसअघि बुझ्नु पर्ने र झिकाउनु पर्ने सबै प्रमाण झिकाइसकेकाले अब सुनुवाइ हुने बताउँछन्।

‘अब भोलि पेशी अगाडी नै पर्यो र सुनुवाइ सुरु भयो भने आदेश छिट्टै आउँछ। सर्वोच्चले नै छिटो टुंग्याउन भनिसकेको छ’, घिमिरेले भने।

सन्दीपविरुद्ध एक किशोरीले गएको भदौमा जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। त्यसको एक महिनापछि सन्दीप पक्राउ परेका थिए।

सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर तीन महिनाबढी थुनामा बसेपछि उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको थियो। दुवै पक्ष सर्वोच्चमा पुगे पनि सर्वोच्चले उच्च अदालतको आदेश संसोधन गर्दै सन्दीपमाथी विदेश जान लागेको प्रतिवन्ध समेत हटाउन आदेश दिएको थियो।

अब भने अन्तिम सुनुवाइ सुरु हुने भएको हो। अन्तिम सुनुवाइका क्रममा सन्दीपले सफाइ पाउने कि दोषि ठहर भएर जेल जाने भन्ने टुंगो लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४