Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एयर इण्डियालाई प्राधिकरणले पठायो पत्र


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १२ २०७९
  • 2.9K
    SHARES

काठमाडाैं । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ ।

गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो ।

सोही विषयमा छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । “एयर इण्डिया र नेपाल एयरलाइन्सबीच भएको उक्त घटनाको विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न र त्यसको जानकारी प्राधिकरणलाई गराउन भन्दै पत्राचार गरेका छौँ”, उहाँले भन्नुभयो ।

उक्त घटनाका सम्बन्धमा छानबिन समिति गठन भएको र घटना भएको समयमा टावरमा रहेका एटिसीलाई ‘एक्टिभ पोजिसन’ मा रहेर काम गर्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४