Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री र सभापतिबाट अर्थमन्त्रीको प्रस्ताव आएको छैन : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ११ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन् ।

शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै प्रस्ताव नगरेको बताएका हुन् ।

मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले भन्नुभएको होइन है, मलाई कसैले बोलाएर केही भनेको छैन’ महामन्त्री थापाले भने, ‘(अर्थमन्त्री बन्न) भनेको, भन्दाभन्दै नगरेको पो हुन थाल्यो कि !’

थापाले आजसम्म आफूलाई कसैले बोलाएर केही कुरा नदिएको भन्दै उनले आफूलाई कसैले बोलाएर आफ्नो रुचिबारे सोध्ने अपेक्षा पनि नभएको बताए । ‘…किनकी आजसम्म कसैले मलाई बोलाएर केही दिएकै छैन, मैले जे पाएको छु लडेर पाएको छु । मलाई बोलाएर कसरी गर्नुहुन्छ, के गर्नुहन्छ भनेर सोध्नुहुन्छ भन्ने लागेको पनि छैन’ उनले भने ।

आफ्नो ध्यान २०८४ सालमा कुनै पनि गठबन्धन नगरी एक्लै चुनाव लड्नेमा रहेको थापाले बताए । ‘मलाई के छ भने २०८४ मा नेपाली कांग्रेस यस्तो बनाउनुपर्ने छ कि जतिवटा मोर्चा बने पनि बनोस्, १६५ का १६५ निर्वाचन क्षेत्रमा कसैलाई मत हाल्नु नपरोस्’, उनले भने ।

नेपाली कांग्रेससँग आठ लाख भन्दा बढी कार्यकर्ता र ३०० भन्दा बढी स्थानीय सरकारको नेतृत्व रहेको भन्दै थापाले ती सबैलाई राम्रोसँग काम लगाउन सकेमा पार्टीलाई राम्रो हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४