Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्याग्दीमा तेस्रो पटक भीषण असिना, हिउँदे बाली नष्ट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ११ २०७९
  • 4.5K
    SHARES

काठमाडौँ । म्याग्दीमा चैत महिना लागेसँगै ३ पटकसम्म भीषण असिना पर्दा खडेरीबाट बचेकाे हिउँदे बाली समेत नष्ट भएकाे छ ।

उत्तरी म्याग्दीमा शुक्रबार परेको असिना पानीले खडेरीबाट बचेकाे हिउँदे बाली, तरकारी र फलफूल बाली नष्ट गरिदिएको हाे । ५ महिनापछि भएको हिउँदे वर्षासँगै असिना परेपछि किसानहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् । लामो खडेरीपछि पानी पर्दा खुशी भएका किसानहरुसँगसँगै असिना परेपछि चिन्तित बनेका हुन् ।

म्याग्दीमा चैत २ गते, ५ गते र शुक्रबार १० गते भीषण असिना परेको हो । अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका साथै उत्तरी म्याग्दीका विभिन्न गाउँहरुमा शुक्रबार दिउँसो परेको बाख्लो असिनाले पाक्नै लागेको हिउँदेबाली समेत नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।              

म्याग्दीको उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले हिउँदेबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको हिस्तानका किसान रमेश पूर्जाले बताउनुभयो । शुक्रबार ३ बजेतिर हिउँ जस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उहाँको भनाइ छ ।

खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौं र उवा लगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो र घिरौला लगायतका तरकारी र बालीका विरुवामा समेत क्षति पुगेको किसान देवी पुनले बताउनुभयो । त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्याएको छ । असिनाले गरेको क्षतिको विवरण संकलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

गत असोज महिनाकाे अन्तिम हप्ता परेको वर्षापछि कात्तिक, मंसिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिंचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौं र फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिंदा किसानहरु मारमा परेको उहाँले बताउनुभयो ।

जिल्लामा सिंचाइ सुविधा पुगेको करिब ५ हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका किसानहरु भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था रहेकाे छ । कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ । सबै भन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर र जौं लगायतका मौसमी तथा बेमौसमी तरकारी बालीमा समेत असर परेको छ ।

विगतका वर्षहरुमा ३-४ पटक हिमपात भइसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा यो वर्ष भने चैत लागि सक्दा पनि हिमपात हुन सकेको छैन । जिल्लाका गुर्जा, मुदी, टाड्के, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रहरुमा हिमपात नहुँदा पशुपालक किसानहरुलाई समस्या भएको छ ।

बुकी र खर्कहरुमा हिमपात नहुँदा घाँस पलाउन नसक्दा पशुपालक किसानहरुलाई समस्या भएको हो ।समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलु लगायत हिउँदे बालीको उत्पादनमा समेत ह्रास आएको छ । साथै पशुलाई चरणको समेत समस्या हुने देखिएको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४