Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रान्समा सरकारी योजना विरूद्धको आन्दोलनले उग्र रूप लिंदै ५ दर्जन बढी प्रदर्शनकारी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १० २०७९
  • 1.3K
    SHARES

एजेन्सी । फ्रान्समा अवकाशको उमेर बढाउने सरकारी योजना विरुद्धको आन्दोलनले उग्र रुप लिन थालेको छ ।

आन्दोलनको नवौं दिन बिहीबार दशौं लाख मानिस प्रदर्शनमा उत्रिएका हुन् । राजधानी पेरिसमा मात्रै करिब डेढ लाख मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले बोर्डेक्स शहरको टाउन हलमा समेत आगजनी गरेका छन् । उनीहरूले सडकमा थुप्रिएको फोहोरमा जतातत्तै आगो समेत लगाएका छन् ।

राजधानी पेरिसबाट ५ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ भने प्रहरीले प्रदर्शनकारीलाई रोक्न भारी मात्रामा अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरुले पसलहरु तोडफोड गर्दै म्याडोनल्ड लगायतका रेष्टुराँमा पनि आक्रमण गरेका छन् ।

प्रहरी कारबाहीमा केही प्रदर्शनकारीहरु घाइते भएको जनाइएको छ । सरकारले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ बनाएपछि ट्रेड युनियनहरु विरोधमा उत्रिएका हुन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने पेन्सन सुधार कार्यक्रम कसैको रहर नभई बाध्यता भएको बताउनुभएकाे छ ।

सरकार यसबाट पछि नहट्ने अडान उहाँले दोहोर्याउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४