Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक : नेपाल र ओमान एकै समूहमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ९ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छ ।

प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा हुने छन् ।

समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् ।

यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

उद्घाटन खेल नेपाल र मलेसियाबीच मे १८ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

नेपालले दोस्रो खेल मे २१ मा ओमानसँग कीर्तिपुरमै खेल्नेछ र यो नेपालको ५० औं ओडीआई खेल हुनेछ ।

नेपाल र ओमानसहित स्कटल्याण्ड आईसीसी क्रिकेट लिग टू को शीर्ष तीन भित्र रहँदै आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा छानिएका छन् ।

दुवै मैदानमा समूह्य चरणमा १०-१० र एक एक सेमिफाइनल खेल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल कीर्तिपुरमा हुनेछ । फाइनल खेल मे १ तारिखमा हुनेछ भने मे २ तारिखलाई रिजर्भ डे राखिएको छ ।

प्रिमियर कपको विजेता एसिया कपमा छनोट हुनेछ भने विजेतासहित शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४