Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाकाे केन्द्रीय बैंक रिजर्भले फेरी ब्याजदर बढायाे आगामी दिनमा अर्थतन्त्रमा चुनौती थपिने रिजर्भकाे चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ९ २०७९
  • 1.8K
    SHARES

एजेन्सी । अमेरिकामा बैंकिङ क्षेत्र धरासायी बन्दै गर्दा केन्द्रीय बैंक फेडरल रिजर्भले फेरी ब्याजदर बढाएको छ ।

अर्थतन्त्रमा स्थिरता ल्याउने भन्दै फेडरल रिजर्भले शून्य दशमलव २५ प्रतिशतले निक्षेपको ब्याजदर बढाएको हो । अहिले पनि अमेरिकी बैंकिङ प्रणाली सुरक्षित रहेको दावी गरेको फेडरलले आगामी दिनमा अर्थतन्त्रमा चुनौती थपिने चेतावनी भने दिएको छ ।

निक्षेपको ब्याजदर बढेसँगै बैंकबाट लिइने ऋण तथा सापटी पनि महँगो हुने भएकाले समग्र रुपमा महँगी बढ्ने जनाइएकाे छ । १ महिनाभित्र सिलिकन भ्याली, सिग्नेचर र फस्र्ट रिपब्लिक बैंक डुबेपछि अमेरिकी अर्थतन्त्र गम्भीर मन्दीतर्फ जान लागेको आशंका भइरहेको बेला फेडले सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरेको छ ।

तर अर्थशास्त्रीहरु भने यो वर्ष अमेरिकी अर्थतन्त्रमा शून्य दशमलव ४ प्रतिशत भन्दा बढी वृद्धि नहुने बताएका छन् । आगामी वर्ष पनि आर्थिक वृद्धि निकै सुस्त हुने उनीहरुको प्रक्षेपण रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४