Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ९ २०७९
  • 1.1K
    SHARES

काठमाडौं । समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो १ बजे बस्ने नेता शरदसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा सहभागिता, वैशाख १० गते हुने उपनिर्वाचन लगायत समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरिरहेका बेला लोसपा पनि सरकारमा जान इच्छुक छ । लोसपाका एक नेताले मन्त्रालयमा सम्मानजनक बाँडफाँट भए लोसपा पनि सरकारमा सहभागी हुने बताए ।

बैठकमा बारा २, चितवन २ र तनहुँ १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुने छ । बारा २ मा बढी चासो देखाएको लोसपाले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउन चाहेको छ । तर सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने प्रयासमा छन् ।

बारा २ बाट प्रतिनिधि सभामा निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेकाले सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

यसैगरी तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले र चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४