Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हैसियतभन्दा बढी मन्त्रालय दाबी गर्न थालेपछि सरकार विस्तारमा सकस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ८ २०७९
  • 1.3K
    SHARES

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धन बीचमा मन्त्रालय भागबण्डाको कसरत सुरु भएको छ । गठबन्धनमा आबद्ध दलहरूले गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड” दबाबमा पर्नुभएको छ ।

संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित २५ सदस्यीय हुने व्यवस्था छ । हाल सरकारमा प्रधानमन्त्री, १ उपप्रधानसहित ५ क्याविनेट मन्त्री र एक राज्यमन्त्रीसहित सात जना छन् । अब संविधानअनुसार प्रधानमन्त्रीले १८ जना मन्त्रीलाई सरकारमा सामेल गराउन पाउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड “ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धनका बीचमा मन्त्रालय भागबन्डाको कसरत सुरु भएको छ ।

गठबन्धनमा आबद्ध दलहरूले आफ्नो पार्टीको हैसियत भन्दा पनि बढी मन्त्रालय दाबी गर्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”दबाबमा पर्न थालेका छन् । ६ दलको गठबन्धन फोरेर नयाँ गठबन्धनसंग मितेरी गाँस्न आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”का लागि हाल सहभागी १० गठबन्धन दलका आकांक्षीहरुको व्यवस्थापन गर्न धेरै नै चुनौतीपूर्ण रहेको छ । हालको सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा, आमजनता पार्टी, नेपाल समाजवादी पार्टी छन् । प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा विश्वासको मत दिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुने दाउमा रहेको छ ।

गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर आन्तरिक छलफलसमेत सुरु भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”ले सांसदको संख्याका आधारमा मन्त्री बाँडफाँट गर्नेगरी मापदण्ड बनाउन तयार गरेको बुझिएको छ । स्रोतका अनुसार वर्तमान गठबन्धनको मुख्य तथा निर्णायक दल नेपाली कांग्रेसले नौ मन्त्रालयमा दाबी राखेको छ । नेपाली कांग्रेसले गृह मन्त्रालयमा मुख्य जोडबल गरिरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड “भने नेपाली कांग्रेसलाई अर्थ मन्त्रालयसहित सात मन्त्रालय दिने सोचमा हुनुहुन्छ ।

यसैगरी,नेकपा माओवादी केन्द्रले हाल लिइरहेको मन्त्रालयमा हेरफेर गर्ने नेकपा माओवादी केन्द्रको तयारी रहेको बुझिएको छ । नेकपा माओवादी केन्द्रले हाल लिएको भौतिक मन्त्रालय छाडेर गृहमा आँखा लगाएको छ ।

यसैगरी, जनता समाजवादी पार्टीले चार मन्त्रालयमा दाबी गरेको छ । नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय पाउनुपर्ने बताइरहेको छ । राष्ट्रपतिमा गरेको सम्झौता सरकार विस्तारमा शक्तिशाली मन्त्रालय लिएर फत्ते गर्ने ताकमा नेकपा एकीकृत समाजवादी रहेको छ । यसैगरी, नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दावी गरिरहेको छ ।

जनमत पार्टी दुई मन्त्रालय पाउनुपर्ने बताइरहेको छ । यस्तै, लोकतान्त्रिक समाजवादीको दाबी पनि दुई मन्त्रालय पाउनु पर्ने माग राखिरहेको छ । प्रभु शाह अध्यक्ष रहेको आमजनता पार्टीका तर्फबाट शाह आफैं मन्त्री बन्न इच्छुक रहेका छन्  । यस्तै, बाबुराम भट्टराई नेतृत्वको दल समाजवादी पार्टीले पनि एउटा मन्त्रालयको माग गरिरहेको छ । सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानसहित चार मन्त्रालय मागेको बताइएको छ ।

गठबन्धनका दल मात्र होइन, स्वतन्त्र हैसियतमा चुनाव जितेका डा. अमरेशकुमार सिंह, योगेन्द्र मण्डललगायतका सांसद पनि सरकारमा जाने मनस्थितिमा देखिन्छन् । एउटा गठबन्धन भत्किएर अर्को गठबन्धन बनेपनि त्यसको अन्तिम गन्तव्य पदीय लिप्सामै टुंगिएको छ । संघीय चुनाव सम्पन्न भएको चार महिना नवित्दै राजनीतिक दलहरु नेता कार्यकर्ता व्यवस्थापनमा केन्द्रित हुनु आफैंमा दु:खद रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४