Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा नेकपा माओवादीको निर्णय कुर्दै नेपाली कांग्रेस, प्रचण्डको निर्देशन कुर्दै नेकपा माओवादी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ८ २०७९
  • 1.9K
    SHARES

काठमाडौँ । प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचन गोरखा–२ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड भन्थे, ‘प्रधानमन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री दुबै गोरखाले पाउनेवाला छ । ५ दलीय गठबन्धन छोडेर नेकपा एमालेलगायत दलको समर्थनमा नेकपा माओवादी अध्यक्ष दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा मुख्यमन्त्री बन्न ढुक्क भएका गोरखा–२ (२) का नेपाली कांग्रेस नेता सुरेन्द्रराज पाण्डे प्रतिपक्षमा पुगेका हुन् ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन नेकपा माओवादी केन्द्र पुरानै गठबन्धनमा फर्किएपछि नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नेमा ढुक्क भएका छन् । निर्वाचनपछि मंगलबार गोरखाको एक कार्यक्रममा प्रचण्ड र सुरेन्द्र एउटै मञ्चमा थिए ।

गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी–साहिलटार सडक शिलान्यास गर्दै प्रचण्डले ‘प्रदेश सरकारहरु पुनर्गठन गर्ने कुरामा हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने’ बताएका छन्  ।

अघिल्लो सरकारकै पालादेखि नै मुख्यमन्त्रीको दाबी गर्दै आइरहेको नेकपा माओवादीले यसपटक पनि मुख्यमन्त्रीको दाबी गरिरहँदा एकातिर नेपाली कांग्रेसलाई झस्काएको छ भने अर्कोतिर प्रदेश सरकार पुनर्गठनमा नेपाली कांग्रेसलाई नेकपा माओवादी केन्द्र कै निर्णयको पर्खाइमा रहेको छ ।

मुख्यमन्त्रीको दाबी गरेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान कै नेतृत्वमा २ मन्त्रालय लिएर नेकपा एमालेका खगराज अधिकारीको सरकारमा सहभागी छ । केन्द्रमा सत्ता समीकरण फेरिएर सोमबार दोस्रो पटक प्रधानमन्त्री दाहाल विश्वासको मत लिएर बसेपछि प्रदेश सरकार पनि फेरिने पक्का जस्तै भएको छ । तर, जति छिटो नेकपा माओवादी केन्द्रले निर्णय गर्छ, उति छिटो प्रदेश सरकार पुनर्गठनको प्रक्रिया अगाडि बढ्ने देखिएको छ ।

‘गोरखामा मंगलबार प्रचण्डसँग एउटै कार्यक्रममा थिएँ । अहिले पनि म काठमाडौंमा सरकारबारे शीर्ष नेताहरुसँग छलफल भइरहेको छ । प्रदेश सरकार पुनर्गठन हुने पक्का छ,’ मुख्यमन्त्री बन्ने योजनामा रहेका सुरेन्द्रले भने, ‘तर,नेकपा माओवादी केन्द्रले जति छिटो समर्थन फिर्ता लिन्छ, यति नै छिटो सरकार निर्माणको प्रक्रिया अगाडि बढ्ने हो ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेले नेकपा माओवादी केन्द्रले  समर्थन फिर्ता लिएसँगै प्रक्रिया अगाडि बढ्ने बताएका छन् । गण्डकीमा नेकपा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा नेकपा माओवादी केन्द्र  र राप्रपासहितको सरकार छ । राप्रपाले केन्द्र र अरु केही प्रदेशमा समर्थन फिर्ता लिए पनि गण्डकीमा प्रदेशमा फिर्ता लिएको छैन ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको विश्वास गुमाएर खगराज नेतृत्वको नेकपा एमाले सरकार ढलेसँगै बल्ल अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।

मुख्यमन्त्रीको दाबी गरिरहेका नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान अहिलेको सरकार परिवर्तन भएपछि नेतृत्वमा आफूहरुको दाबी रहने बताउँछन् ।

‘उपधारा २ बमोजिम बनेको सरकारले विश्वास गुमाएसँगै फेरि २ वा २ भन्दा बढी दल मिलेर नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने सम्भावना रहन्छ,’ चुमानले भने, ‘त्यसैले नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरिरहेको हो ।’ चुमानले नयाँ सरकार गठन प्रक्रियाका लागि अरु प्रदेशको पनि घटनाक्रम हेरेर प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड”को निर्देशनअनुसार अगाडि बढ्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेताहरु भने नेकपा माओवादी केन्द्रले दाबी गरे पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउँछन् । नेकपा‘माओवादी केन्द्रले दाबी गर्न पाउने कुरा नै भइहाल्यो तर अब गण्डकी प्रदेशमा बन्ने भनेको नेपाली कांग्रेस नेतृत्वकै सरकार हो,’ नेता पाण्डेले भने, ‘१÷२ दिनभित्रै अबको प्रक्रियाको टुंगो लाग्छ ।

अघिल्लो सरकारले विश्वासको मत गुमाएपछि ठूलो दलको तर्फबाट मुख्यमन्त्री नियुक्त भएर ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसारै अगाडि बढ्ने नेपाली कांग्रेसका नेताहरुको दाबी छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमै अबको सरकार बन्ने र आलोपालो प्रणाली लागु भए नेकपा माओवादी केन्द्रले पछिल्लो कार्यकाल पाउने नेपाली कांग्रेस नेतृत्वको दाबी छ ।

२७ सिटसहित गण्डकी प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । २२ सिटसहित नेकपा एमाले दोस्रो, ८ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीको पनि गण्डकीमा प्रतिनिधित्व छ ।

६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको सहज बहुमत पुग्छ । बागमति प्रदेशमा नेकपा  माओवादीका शालिकराम जमकट्टेललाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरेसँगै अन्य प्रदेशको पनि प्रक्रिया अगाडि बढ्ने भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका माओवादी नेता चुमानले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४