Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ८ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल (शरद)ले आज मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् ।

प्रदेश सचिव कृष्णहरि खड्काले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने बाहेक अन्य कार्यसूची नभएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता जम्कट्टेल गत पुष २५ गते नेपाली कांग्रेस,नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासहित ६ दलका १०५ सांसदको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका थिए । उनले माघ ३ गते विश्वासको मतसमेत लिएका थिए । त्यतिबेला दिएको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।

केन्द्र सरकारमा बदलिएको सत्ता समीकरणसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । केन्द्र सरकारको समर्थन फिर्ता लिंदै सरकार छाडेको नेकपा एमालेले बागमती प्रदेश सरकार भने छाडेको छैन । सरकारबाट बाहिरिने कि नबाहिरीने भनी निर्णय गर्न आज संसदीय दलको बैठक बोलाइएको नेकपा एमाले नेता जगन्नाथ थपलियाले बताएका छन् ।

बागमती प्रदेश सभामा ११० जना सांसद छन् । विश्वासको मतका लागि ५६ जना सांसदले साथ दिनुपर्छ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । यसैगरी नेकपा एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४