Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ८ २०७९
  • 1.9K
    SHARES

आजको पञ्चाङ्ग

वि.सं. चैत ८, २०७९ । ई.सं. २२ मार्च २०२३ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ चिल्लागा । पिङ्गल उत्तरायण वसन्त । बुधबार चैत्र शुक्लपक्ष । तिथि- प्रतिपदा २१:५४ बजेसम्म, त्यस उप्रान्त द्वितिय । नक्षत्र- उत्तरभाद्रपदा १६:५८ बजेसम्म, त्यस उप्रान्त रेवती । योग- शुक्ल १०:३४ बजेसम्म, त्यस उप्रान्त ब्रह्म । करण- किंस्तुघ्न १०:४२ बजेसम्म, त्यस उप्रान्त वव २१:५४ बजेसम्म, त्यस उप्रान्त तैतिल । चन्द्रराशि मीन । आनन्दादि योग लुम्ब । दिनमान ३०।१७ । सूर्योदय ६:०८ । सूर्यास्त १८:१५ । चोभारमा आदिनाथ स्नान, वात्सरारम्भ: तैलाभ्यङ्ग (तेललगाउने र निमको पात खाने) पञ्चक भद्रकालीपिठमालिङ्गपातन, बैतडी विश्वनाथमन्दिरमा कोतिहोम मेला प्रारम्भ, विश्व जल दिवस ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। तर लक्ष्यमा पुग्न समय लाग्नेछ। सामान्य कामलाई निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले भने साथ दिनेछन्। प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। साथीभाइकाे सहयोग जुट्नाले कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा मानसम्मान र उपहार प्राप्त हुनेछ। लगनशीलताले विशेष अवसर दिलाउन सक्छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ। परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ। वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य काममै अलमल हुनाले मुख्य काम राेकिन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा विलम्ब भए पनि पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो परिस्थितिको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४