Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

करण केसी र यु-१९ का ३ क्रिकेटरलाई भूपू खेलाडीको सम्मान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ७ २०७९
  • 2.3K
    SHARES

पोखरा । भूतपूर्व खेलाडी मञ्च पोखराले सिनियर टोलीका क्रिकेटर करण केसीसहित यु-१९ का सुवास भण्डारी, अर्जुन कुमाल र दीपक डुम्रेलाई मंगलबार पोखरामा नगदसहित सम्मान गरेको छ ।

मञ्चले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेका बागलुङका केसीसँगै यु-१९ विश्वकपमा छनोटमा पुर्‍याउने टोलीका सदस्यत्रय कास्कीका सुवास भण्डारी, अर्जुन कुमाल र नवलपुरका दीपक डुम्रेलाई सम्मान गरेको हो । डुम्रे भने व्यस्तताका कारण्ण कार्यक्रममा सहभागी थिएनन् ।

आईसीसी विश्वकप लिग २ का खेलमा केसीले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए । उनलाई मञ्चले २० हजार रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यु-१९ का ३ जना खेलाडीलाई मञ्चले जनही ५ हजारका दरले नगदसहित सम्मान गरेको हो ।

मञ्चका कार्यबाहक अध्यक्ष दिलबहादुर गुरुङले खेलमा जितसँगै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताए । ‘अब उहाँहरू व्यक्तिगत हुनुहुन्न, सार्वजनिक व्यक्तित्व भइसक्नुभयो, अब उहाँहरुको जिम्मेवारी झनै बढेको छ,’ उनले भने । उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको पनि छिटो स्तरोन्नति हुनुपर्ने बताए ।

खेलाडी करण केसीले आफूहरुले प्रतियोगिताका दौरान धेरै मेहनत गरेको र त्यसैको प्रतिफल पाएको सुनाए । ‘हामी धेरै नै मेहेनत गरेका गर्छौं । यसरी नै सधैं माया, सम्मान भइरहने हो भने अझै धेरै ऊर्जा जाग्छ,’ उनले भने ।

सोही अवसरमा पोखरा क्रिकेट एक्याडेमीले पनि खेलाडीलाई सम्मान गरेको थियो । एक्याडेमीले ४ जना खेलाडीलाई जनही ५ हजार रुपैयाँका दरले सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४