Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच मस्कोमा वार्ता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ७ २०७९
  • 1.9K
    SHARES

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन संकट अन्त्यका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको १२ बुँदे प्रस्तावमा छलफल गर्ने बचन दिनुभएको छ ।

रुस भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्तापछि पुटिनले उक्त योजनामाथि छलफल गर्ने बचन दिनुभएको हो ।

पुटिनले युक्रेनसँगका जुनसुकै समस्या समाधानका लागि रुस वार्ता र संवादका लागि सधैं तयार रहेको पनि बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय न्यायका सिद्धान्तहरु पालना गरेको र हरेक देशका लागि सहयोगी भूमिका निर्वाह गरेको भन्दै पुटिनले चीनको खुलेर प्रशंसा गर्नुभयो । चिनियाँ राष्ट्रपति सीले भने पुटिनकै नेतृत्वमा रुसले विकास र ठूलो प्रगति गरेको प्रसँग उल्लेख गर्दैै रुसी जनताले सधैं पुटिनलाई साथ दिनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।

चिनियाँ राष्ट्रपतिको मस्को भ्रमणलाई लिएर विश्व समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ । अमेरिका लगायत पश्चिमा जगतले शान्ति स्थापनाको नाममा चिनियाँ प्रस्तावमा नफस्न युक्रेनलाई सचेत गराएका छन् ।

युक्रेनको राष्ट्रिय सुरक्षा परिषदका सचिव आलेक्सी दानिलोभले चीनले रुसलाई हतियार आपूर्ति नगर्नेमा विश्वस्त रहेको भन्दै चीनले रुसलाई हतियार आपूर्ति गरेको खण्डमा त्यसको परिणाम भने नराम्रो हुने बताउनुभएको छ ।

चिनियाँ राष्ट्रपति सीरुसी राष्ट्रपति पुटिन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४