Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री स्वयंलाई प्रस्तुत गर्न लगाउन एमालेको माग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ५ २०७९
  • 1.4K
    SHARES

काठमाडाैं । नेकपा एमालेले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री संसदमा स्वयंलाई प्रस्तुत गर्न रुलिङकाे माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि नेकपा एमाले सांसदहरुले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङकाे माग गरेका हुन् ।

नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो भन्ने औचित्य पुष्टि गर्न माग गर्नुभयो ।

उहाँले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसदको गरिमालाई अवहेलना गर्नु रहेको बताउनु भयो । उहाँले सरकारले संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ नदिएको भन्दै प्रधानमन्त्रीलाई यस बारेमा पनि जवाफ दिन सभामुखसमक्ष रुलिङकाे माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो संसदको गरिमा त्यसबेलासम्म रहन्छ जब सरकार जन्माउने यो संसदलाई प्रधानमन्त्रीले, सरकारले महत्व दिन्छ । यो संसदभित्र विधेयक प्रस्तुत गर्ने प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयकलाई अर्को मन्त्रीलाई ट्रान्सफर गर्नुको औचित्य के हो ? यो भनेको संसदको गरिमालाई अवहेलना गर्नु हो । यो संसदले सरकार जन्माउँछ । बहुमत र अल्पमतको आधारमा सरकार बन्छ । संसदमा उठेका कुराहरुको सरकारबाट रेस्पोन्स खै ? यत्रो दिन भइसक्यो संसद चलेको ? यी कुनै विषयमा सरकारले जवाफ दिएको छैन, सभामुख महोदयले प्रधानमन्त्रीलाई यी सबै कुराको उत्तर दिन र यो विधेयक प्रधानमन्त्रीलाई नै प्रस्तुत गर्न लगाउन रुलिङ होस् ।’

त्यस्तै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न लगाउनु उचित नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विषय प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने विषय हो । प्रधानमन्त्री यहाँ नै भएपछि उहाँले प्रश्तुत नगरी अर्को मन्त्रीलाई प्रस्तुत गर्न लगाउनुको औचित्य के हो ? प्रधानमन्त्रीज्यु यहीँ हुनुहुन्छ, सभामुखज्युले प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्नुपर्छ ।’ सांसद भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक अर्को मन्त्रीलाई दिनुको औचित्य पुष्टि गर्न चुनौती दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४