काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाएको छ ।
नेपाली कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत दिन ह्वीप लगाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
आइतबार नै बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने तय भएको छ ।