Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपराष्ट्रपतिमा राजनीतिक सहमति खोज्दै सत्ता गठबन्धन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २ २०७९
  • 1.4K
    SHARES

काठमाडौँ । १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएपनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउन असफल भएको थियो ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारीको खोजी रहेका छन् । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतका अनुसार १० दलका बीचमा साझा उम्मेदवार तय गर्ने विषयमा सकारात्मक रूपमा छलफल अगाडि बढेको बताउँछन् । आज बस्ने बैठकले यस विषयमा सहमति जुटाउने बस्नेतको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता सहभागी थिए ।

आज बस्ने गठबन्धन बैठकमा पनि शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ । नेताहरूले जसपाका यादवलाई साझा उम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४