काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उहाँको उपचार जारी नै रहेको छ ।
सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताउनु भएको छ ।
उहाँले बताए अनुसार फिजियोथेरापीलाई निरन्तरता चलिरहेको छ । अस्पताल प्रशासन र डाक्टरहरूले भेटघाटमा चाही प्रतिबन्ध लगाएका छन् ।