Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु, कसको कति पुग्यो ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । बैंकहरूले आज १ चैत गतेदेखि मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर घटाएका छन् ।

फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।

बैंकहरूले रेमिट्यान्स बचत र मुद्दतीमा भने १ प्रतिशत बिन्दुले थप ब्याजदर दिनुपर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार सोही ब्याजदर प्रकाशित गरेका छन् ।

नेपाल बैंकर्स संघले चैतमा मुद्दती निक्षेपको यथावत राख्दै बचतको ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही अनुसार बैंकहरूले बचतको ब्याजदर घटाएका हुन् ।

स्ट्यान्डर्ड चार्टर्डको ब्याजदर यथावत

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर भने यथावत छ । फागुनमा नै स्ट्यान्डर्ड चार्टर्डले बचतमा ६.४२ देखि ७.१५ प्रतिशत ब्याजदर दिएको थियो ।

चैतमा पनि सोही ब्याजदरलाई निरन्तरता दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले जनाएको छ ।

यसअघि बचतमा ८.४२ प्रतिशत ब्याजदर दिएका अन्य बैंकले भने त्यसलाई घटाएर ८ प्रतिशत कायम गरेका छन् ।

बैकहरूले बचतमा दिएको ब्याजदरको तल्लो सीमा र मुद्दती निक्षेपको माथिल्लो सीमा बिचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढीले हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकहरूले सोही सीमाभित्र रहने गरी बचतमा न्युनतम ६ प्रतिशत कायम गरेर मुद्दतीको ११ प्रतिशत ब्याजदर यथावत राखेका हुन् ।

वाणिज्य बैंकले बचतको मात्रै ब्याजदर घटाए पनि विकास बैंक र वित्त कम्पनीले भने मुद्दतीको ब्याजदर पनि सामान्य घटाएका छन् ।

विकास बैंकहरूले मुद्दतीको ब्याजदर ११.७५ प्रतिशतबाट ११.६० प्रतिशत कायम गर्दा बचतमा फागुनसम्म ६.७५ देखि ८.७५ प्रतिशत थियो । आज चैत १ गतेदेखि ६.६ देखि ८.६ प्रतिशत कायम भएको छ ।

वित्त कम्पनीले फागुनमा मुद्दतीमा १२.२० रहेको ब्याजदर चैतमा १२ प्रतिशतमा झारेका छन् । यस्तै बचतको ब्याजदर पनि ८ देखि ९ प्रतिशतबाट घटाएर ७ देखि ९ प्रतिशत कायम गरेका छन् । केही फाइनान्सहरुले बचतको न्युनतम ब्याजदर ८ प्रतिशत नै यथावत राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४