Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रमिला यादवद्वारा उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २९ २०७९
  • 2K
    SHARES

काठमाडाैं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदकाे निर्वाचनका लागि उम्मेदवारी दिनुभएकी जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

सत्तारूढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्दै साेमबार प्रमिलाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

यादव राजनीतिक, आर्थिक र सामाजिक–साँस्कृतिक रुपले समाजको अग्रगामी रुपान्तरण र परिवर्तनको संघर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन,ऐतिहासिक मधेश जनबिद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक–पटक भएका बिभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उहाँले आफू पछि हटेको बताउनुभएको छ ।

विज्ञप्तिमार्फत उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दै प्रमिलाले अब उपरान्त आफू उप–राष्ट्रपति पदको लागि उम्मेदवार नरहेको र गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनुभएका रामसहायप्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४